जलवायु न्यायमा नेपाललाई ठूलो सफलता: Loss and Damage Fund बाट $20 Million
काठमाडौं — जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकलाई सहयोग गर्ने Fund for Responding to Loss and Damage (FRLD) अन्तर्गत नेपालले 20 मिलियन अमेरिकी डलर (करिब 3 अर्ब रुपैयाँ) सहयोग पाउने स्वीकृति पाएको छ।
यो रकम Barbados Implementation Modalities अन्तर्गत नेपालले यस वर्षको सुरुमै बुझाएका प्रस्तावका आधारमा स्वीकृत भएको हो। रकम परिचालनअघि आवश्यक प्रक्रिया पूरा गर्न प्रस्ताव वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) तर्फ पठाइएको छ।
तर हालैको भोटेकोशी बाढीपछि नेपालले मागेको आपतकालीन जलवायु सहायता भने छुट्टै विषय हो। सरकारले August 31 मा FRLD समक्ष तत्काल सहयोगका लागि अनुरोध गरेको थियो र त्यसबारे निर्णय आउन बाँकी छ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि हिमनदी पग्लिने, बाढीपहिरो र अन्य जलवायुजन्य विपत्तिको ठूलो असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा Climate Justice को आवाज बलियो बनाउँदै आएको छ।
