बाढीपीडितलाई कर्मचारी सञ्चय कोषको साढे २ करोड सहयोग
काठमाडौं — कर्मचारी सञ्चय कोषले बाढी प्रभावित नागरिकको राहत तथा सहयोगका लागि २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले कोषले उक्त आर्थिक सहयोग गरेको हो।
विपद्को समयमा विभिन्न सरकारी तथा निजी संस्था र संघ–संगठनबाट समेत राहत सहयोग जुट्ने क्रम जारी छ।
