नेपालको बाढी विपत्तिमा ज्यान गुमाएकाको सम्झनामा डलासमा ‘दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा’ 

डलास, टेक्सास — नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा अमेरिकाको टेक्सासस्थित डलासमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ।

अमेरिकामा क्रियाशील गैरनाफामूलक संस्था Visit Nepal को आयोजनामा कार्यक्रम शनिबार, सेप्टेम्बर १२, २०२६ साँझ ७ देखि ८ बजेसम्म डलासको Ronald Kirk Pedestrian Bridge, 109 Continental Ave, Dallas, TX 75207 मा आयोजना गरिनेछ।

कार्यक्रममा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिनेछ भने बेपत्ता व्यक्तिहरूको सकुशलताको कामना तथा विपद्बाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाइनेछ।

आयोजक Visit Nepal ले यो कार्यक्रम केवल श्रद्धाञ्जलीमा सीमित नभई जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको बढ्दो जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउने र Climate Justice को आवाज उठाउने अभियानको हिस्सा समेत रहेको जनाएको छ।

Visit Nepal ले डलास–फोर्टवर्थ क्षेत्रका नेपाली समुदाय, संघसंस्था, सञ्चारकर्मी तथा शुभेच्छुक सबैलाई कार्यक्रममा सहभागी भई विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ