AI चिप प्रतिस्पर्धामा Alibaba को ठूलो छलाङ, ‘Zhenwu V900’ सार्वजनिक
चिनियाँ प्रविधि कम्पनी Alibaba ले कृत्रिम बुद्धिमत्ता (AI) का लागि नयाँ शक्तिशाली Zhenwu V900 AI चिप सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ चिप यसअघि सार्वजनिक गरिएको M890 भन्दा करिब तीन गुणा बढी शक्तिशाली छ।
Alibaba को chip-design unit T-Head ले विकास गरेको V900 मा 216 GB memory र उच्च गतिमा डेटा आदानप्रदान गर्न सक्ने प्रविधि समावेश गरिएको छ। यो चिप ठूला AI मोडलको training र inference दुवैका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
Alibaba ले नयाँ चिपको व्यावसायिक उत्पादन २०२७ को पहिलो त्रैमासिकबाट सुरु गर्ने योजना बनाएको छ। कम्पनीले आगामी पुस्ताका अझ ठूला AI मोडल र विशाल data-center infrastructure विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ।
अमेरिकी प्रतिबन्धका कारण अत्याधुनिक विदेशी AI चिपमा चिनियाँ कम्पनीहरूको पहुँच सीमित भइरहेका बेला Alibaba को यो कदमलाई चीनको घरेलु AI चिप विकासलाई तीव्र बनाउने प्रयासका रूपमा हेरिएको छ। विश्वव्यापी AI प्रविधि र semiconductor बजारमा प्रतिस्पर्धा बढिरहेका बेला Alibaba को नयाँ चिपले थप ध्यान खिचेको छ।
