इन्डोनेसियासँग हारसँगै नेपालको यात्रा समाप्त, समूह चरणबाटै बाहिरियो

काठमाडौं : २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

जापानको आइची नागोयास्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाल २५–१२, २५–२१ र २५–२० ले पराजित भयो।

पहिलो खेलमा जापानसँग पनि ३–० ले पराजित भएको नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। समूह ‘ए’बाट जापान र इन्डोनेसियाले क्वाटरफाइनलमा स्थान बनाएका छन्।

नेपालले अब ९ देखि १४औं स्थानसम्मको वर्गीकरण खेलमा प्रतिस्पर्धा गर्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ