यूएई क्रिकेटलाई झट्का: आसिफमाथि ICC को कारबाही, १५ महिनाका लागि निलम्बित
काठमाडौं — यूएई राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ब्याटर आसिफ खानलाई ICC ले एन्टी–डोपिङ नियम उल्लंघन गरेको भन्दै १५ महिनाका लागि निलम्बन गरेको छ।
सन् २०२५ सेप्टेम्बर ८ मा गरिएको परीक्षणमा प्रतिबन्धित पदार्थको मेटाबोलाइट भेटिएको र आसिफले त्यसको सेवन स्वीकार गरेको बताइएको छ। उनको प्रतिबन्ध २०२५ सेप्टेम्बर ८ देखि २०२६ डिसेम्बर ७ सम्म कायम रहनेछ।
यस अवधिसँग सम्बन्धित उनका व्यक्तिगत नतिजा तथा पदक, अंक र पुरस्कारसमेत खारेज गरिने ICC ले जनाएको छ।
