नेपाल भलिबल लिगमा कीर्तिमानी पुरस्कार, च्याम्पियनले पाउने २० लाख रुपैयाँ 

काठमाडौं — पहिलो संस्करणको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) मा च्याम्पियन बन्ने टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। आयोजकका अनुसार यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ राखिएको छ।

लिगमा ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। अझ रोचक पक्ष, प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी समेत सहभागी छन्, जसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै प्रतिस्पर्धा गर्ने अवसर दिएको छ।

प्रतियोगिताले खेलसँगै मानवीय सहयोगलाई पनि जोडेको छ। पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले घोषणा गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ