देशमै रोजगारी पहिलो प्राथमिकता, विदेश जाने बाध्यता घटाउने सरकारी योजना
काठमाडौं : वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने लक्ष्यसहित सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानलाई तीव्र बनाएको छ।
‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
मेलामा निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, तालिम प्रदायक संस्था तथा सामाजिक सुरक्षा कोषलगायतको सहभागिता रहनेछ। युवालाई उनीहरूको सीप र योग्यताअनुसार रोजगारीसँग जोड्नुका साथै सीप परीक्षण, तालिम, करियर परामर्श र उद्यमशीलता सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सरकारले यस अभियानलाई देशभर विस्तार गरी युवाका लागि स्वदेशमै रोजगारीका अवसर बढाउने योजना अघि सारेको छ।
