टोटेनहमलाई ३–१ ले हराउँदै लिभरपुल काराबाओ कपको चौथो चरणमा
लिभरपुल : टोटेनहम हटस्परलाई ३–१ ले पराजित गर्दै लिभरपुल काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।
एनफिल्डमा भएको तेस्रो चरणको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको ५४औँ मिनेटमा कोडी गाक्पोले गोल थप्दै अग्रता दोब्बर बनाए।
टोटेनहमका कोनोर गालाघरले ६९औँ मिनेटमा गोल गर्दै खेल २–१ मा ल्याए। तर इन्ज्युरी समयमा डोमिनिक सोबोस्लाईले उत्कृष्ट लामो दूरीको गोल गर्दै लिभरपुलको ३–१ को जित सुनिश्चित गरे।
यो जितसँगै लिभरपुलले काराबाओ कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ
