ह्यारी ब्रुकको तूफानी शतकमा इंग्ल्यान्ड चम्कियो, श्रीलंका ११९ रनले पराजित
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५४ रन बनायो। ब्रुकले केवल ४२ बलमा शतक पूरा गर्दै ४९ बलमा अविजित ११४ रन बनाए। उनको इनिङ्समा १० चौका र ६ छक्का समावेश थिए। जोस बटलरले पनि ४४ बलमा ८० रनको महत्वपूर्ण योगदान दिए।
२५५ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३५ रनमै अलआउट भयो। श्रीलंकाका लागि दुनिथ वेलालागेले सर्वाधिक ३३ रन बनाए। इंग्ल्यान्डका सोनी बेकरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा केवल १२ रन खर्चेर ३ विकेट लिए।
यो जितसँगै इंग्ल्यान्डले तीन खेलको टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ। दोस्रो खेल सेप्टेम्बर १७ मा कार्डिफमा हुनेछ।
