बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
काठमाडौं — रसुवाको विनाशकारी बाढीमा उद्धार तथा विपद् व्यवस्थापनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।
विपद्को कठिन परिस्थितिमा जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई आर्थिक सहयोग तथा सम्मानस्वरूप उक्त राहत उपलब्ध गराउने निर्णय गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा अझै पनि सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन्।
