कांग्रेसको महाधिवेशनमा कानुनी ब्रेकको प्रयास: देउवा–खड्का सर्वोच्चमा

काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन पेस गरिएको छ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरी तल्लो तहका अधिवेशनको प्रक्रिया अघि बढाएको छ। देउवा–खड्का पक्षले भने पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको पुनरावलोकन सर्वोच्चमा विचाराधीन रहेकाले अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया रोक्नुपर्ने माग गरेको छ।

सर्वोच्च प्रशासनले सोमबार निवेदनको अध्ययन नसकिएको भन्दै दर्ता गरिसकेको छैन र मंगलबार दर्ता प्रक्रिया अघि बढ्ने जनाएको छ।