बाढीले पढाइ रोक्ने छैन: प्रभावित बालबालिकाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा 

काठमाडौं — भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पढाइ निरन्तर गर्न सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

योजनाले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसहित पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानाको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

बाढीबाट १९ विद्यालय क्षतिग्रस्त, २१७ विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन तथा ९,७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ। प्रभावित तथा अभिभावक गुमाएका र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिइनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ