नेपालको विजयी लय कायमै: तेस्रो जितसँगै एसिसी प्रिमियर कपको सेमिफाइनलमा 

काठमाडौं — एसिसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ। तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्‍यो।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै पूरा गर्‍यो। नेपालका गुल्सन झाले अविजित ४४, ईशान पाण्डेले ४० र देव खनालले ३९ रन बनाए।

बलिङमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे।

नेपालले यसअघि बहराइनलाई ७ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो। अब समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ