टेक्सासमा अमेरिका–मेक्सिको सीमामा नयाँ पर्खाल निर्माण सुरु 

टेक्सास : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमामा पर्ने पश्चिम टेक्सासको Big Bend क्षेत्रमा नयाँ सीमा पर्खाल निर्माण सुरु गरेको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (CBP) का अनुसार Hudspeth County मा पर्ने ४७ माइल लामो ‘Big Bend 1’ खण्डमा पर्खालका प्यानल जडान सुरु भएको हो।

निर्माण भइरहेको पर्खालमा करिब ३० फिट अग्ला स्टिलका प्यानल प्रयोग गरिएको छ। यो परियोजना ट्रम्प प्रशासनको अमेरिका–मेक्सिको सीमामा पर्खाल, सवारी अवरोधक, गस्ती सडक र निगरानी प्रविधि विस्तार गर्ने करिब ४६ अर्ब डलरको व्यापक योजनाको हिस्सा हो।

CBP का अनुसार हाल अमेरिका–मेक्सिको सीमाभर औसत प्रतिहप्ता १२ माइलको दरले विभिन्न प्रकारका सीमा अवरोध निर्माण भइरहेको छ। दोस्रो ट्रम्प प्रशासन सुरु भएयता करिब २०० माइल नयाँ अवरोध निर्माण भएको निकायले जनाएको छ।

तर Big Bend क्षेत्रमा प्रस्तावित निर्माणको स्थानीय जग्गाधनी, वातावरण संरक्षण समूह, व्यवसायी तथा केही आदिवासी समुदायले विरोध गर्दै आएका छन्। उनीहरूले निजी सम्पत्ति, वातावरण, पुरातात्त्विक तथा सांस्कृतिक स्थलमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। केही जग्गाधनी र संरक्षण समूहले परियोजना रोक्न अदालतमा मुद्दासमेत दायर गरेका छन्।

यसैबीच Big Bend National Park भित्रको छुट्टै सीमा पूर्वाधार परियोजनाको काम भने अस्थायी रूपमा रोकिएको छ। अहिले पर्खालका प्यानल जडान भइरहेको Hudspeth County को ‘Big Bend 1’ परियोजना त्यसबाट अलग रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ