आजदेखि बजारमा नयाँ ५० रुपैयाँको नोट 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटको आकार र रङ पुरानै भए पनि सुरक्षा तथा डिजाइनका केही विशेषता परिमार्जन गरिएको छ।

नोटको अगाडिपट्टि सगरमाथाको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ भने गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर छ। नोटमा ‘NRB’ लेखिएको १.२ मिलिमिटर चौडा सुरक्षा धागोसमेत राखिएको छ।

पछाडिपट्टि हिउँ चितुवाको चित्र राखिएको छ। नयाँ नोटमा नेपाली मितिअनुसार ‘वि.सं. २०८२’ र अंग्रेजीमा ‘2025 A.D.’ उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ