अब महिला टेनिसको शीर्ष स्थानमा Rybakina

  न्युयोर्क — कजाखस्तानकी Elena Rybakina ले US Open क्वार्टरफाइनलमा चीनकी Zheng Qinwen लाई 3-6, 6-1, 6-4 ले पराजित गर्दै पहिलोपटक विश्व नम्बर १ बन्ने निश्चित गरेकी छन्।

पहिलो सेट गुमाए पनि शानदार पुनरागमन गरेकी Rybakina ले पहिलोपटक US Open सेमिफाइनलमा स्थान बनाइन्। नयाँ WTA ranking सार्वजनिक भएपछि उनले Aryna Sabalenka लाई पछि पार्दै शीर्ष स्थान सम्हाल्नेछिन्।

२७ वर्षीया Rybakina विश्व नम्बर १ बन्ने कजाखस्तानकै पहिलो पुरुष वा महिला टेनिस खेलाडी समेत बन्नेछिन्। उनी WTA इतिहासकी ३०औँ महिला World No. 1 हुन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ