बालेन सरकारको कार्यशैलीमाथि प्रचण्डको प्रश्न, विदेशी शक्तिको प्रभाव रहेको दाबी

वीरगन्ज : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार विदेशी शक्तिको प्रभावमा चलिरहेको आरोप लगाएका छन्।

बुधबार वीरगन्जमा आयोजित पार्टी कार्यक्रममा प्रचण्डले नेपाल गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको दाबी गर्दै संविधान, गणतन्त्र र राजनीतिक उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।

उनले सरकारमाथि स्वेच्छाचारी ढंगले काम गरेको आरोप लगाउँदै सडक, सदन र निर्वाचनमार्फत राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने धारणा राखे।

सामाजिक सञ्जालको प्रभावबारे समेत टिप्पणी गर्दै प्रचण्डले एल्गोरिदमका कारण जनमत प्रभावित भइरहेको दाबी गरे। कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेकपाका नेताहरूले पनि सम्बोधन गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ