कुशलको कमाल: ब्याट र बल दुवैमा चम्किँदा नेपाल ‘ए’को लगातार दोस्रो जित

काठमाडौं — कप्तान कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी Top End T20 सिरिजमा लगातार दोस्रो जित निकालेको छ। नेपालले ACT Comets लाई ४ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको ACT ले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो। कुशलले बलिङमा २ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ४७ बलमा ६१ रनको शानदार पारी खेले। पवन सर्राफले अविजित २९ रन जोड्दा नेपालले ४ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।

यसअघि नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो। सुरुवाती दुई हारपछि नेपालले लगातार दुई जित निकाल्दै प्रतियोगितामा शानदार पुनरागमन गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ