१२ जिल्लामा बाढीको उच्च जोखिम, नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं — निरन्तर वर्षासँगै देशका विभिन्न भागमा बाढी तथा डुबानको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर गरी १२ जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ।

सम्बन्धित जिल्लाका साना नदी तथा खोलाहरूमा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने र केही स्थानमा आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। वर्षाका कारण पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिमसमेत रहेको छ।

विशेषगरी नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। मौसम तथा बाढीसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा हेर्न र स्थानीय निकाय तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।