Gucci का नयाँ जुत्तामा ‘Made in China’, इटालियन उत्पादन परम्परामा नयाँ मोड
विश्वप्रसिद्ध इटालियन लक्जरी ब्रान्ड Gucci ले चीनमा उत्पादन गरिएका नयाँ sneaker बिक्री गर्न थालेको छ। लामो समयदेखि ‘Made in Italy’ पहिचानसँग जोडिएको ब्रान्डका केही नयाँ जुत्तामा ‘Made in China’ लेबल देखिएपछि लक्जरी फेसन उद्योगमा चर्चा बढेको छ।
Gucci का डिजाइनर Demna ले तयार गरेको नयाँ ‘Drip’ sneaker चीनमा उत्पादन गरिएको हो। यसको मूल्य युरोपमा करिब ८०० युरो र अमेरिकामा करिब १ हजार डलर राखिएको छ। Primavera collection अन्तर्गतको अर्को slip-on sneaker पनि चीनमा उत्पादन गरिएको छ।
Gucci ले भने यो कदम उत्पादनलाई व्यापक रूपमा इटालीबाट चीन सार्ने योजनाको हिस्सा नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार नयाँ जुत्ताको विशेष डिजाइन, प्रविधि र गुणस्तरका लागि आवश्यक उत्पादन क्षमता भएका चिनियाँ उत्पादक छनोट गरिएको हो। Gucci ले इटाली आफ्नो उत्पादन प्रणाली र ब्रान्ड पहिचानको मुख्य केन्द्र रहने जनाएको छ।
