भोटेकोशीले छाड्यो ७ खर्ब २३ अर्बको पुनर्निर्माण चुनौती
काठमाडौं — विनाशकारी भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचना तथा पूर्वाधार पुनर्निर्माण गर्न करिब ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने सरकारी प्रारम्भिक आकलनले देखाएको छ।
बाढीले जलविद्युत् आयोजना, सडक, पुल, हजारौं घर, विद्यालय, स्वास्थ्य संस्था तथा कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सबैभन्दा ठूलो आर्थिक भार ऊर्जा तथा पूर्वाधार पुनर्निर्माणमा पर्ने अनुमान गरिएको छ।
सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई चरणबद्ध रूपमा अघि बढाउने तयारी गरेको छ।
