एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान ६० रनमै अलआउट भयो।
नेपालका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। ब्याटिङमा दीपेन्द्रले ५१ र बसिर अहमदले ४७ रन बनाए।