साउदी–हुथी तनाव चर्कियो, यमनमा दर्जनौं हवाई हमला 

साना — साउदी अरब र यमनका इरान समर्थित हुथी बीच तनाव फेरि तीव्र बनेको छ। हुथी पक्षका अनुसार यमनको ताइज, होदेइदा, अल-जौफ र मारिब क्षेत्रमा रातभर ३२ वटा हवाई आक्रमण भएका छन्।

यसअघि हुथीले साउदी अरबका अभा, खामिस मुशैत, जिजान र नजरान क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। ती आक्रमणमा ७३ जना घाइते भएका र केही तेल तथा ऊर्जा पूर्वाधारमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन्।

हुथी सञ्चारमाध्यमले साउदी आक्रमणबाट अल-जौफमा कम्तीमा २१ जनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपि साउदी अरबले अल-जौफमा उक्त हवाई आक्रमण गरेको आधिकारिक पुष्टि गरेको छैन।

सन् २०२२ को युद्धविरामपछि कम भएको साउदी–हुथी द्वन्द्व फेरि चर्किँदा यमनमा व्यापक युद्ध फर्किने र मध्य पूर्वको तेल तथा ऊर्जा आपूर्तिमा थप असर पर्ने चिन्ता बढेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ