बाढीपीडितको पीडामा राष्ट्रपतिको चासो: तत्काल राहत र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन तथा पुनर्निर्माण र पुनःस्थापनाका काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपालको क्षमताले नभ्याए ठूला बेलिब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सुझाव दिँदै उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिको क्षतिपूर्तिका लागि विश्व समुदायसमक्ष बलियो आवाज उठाउनुपर्ने बताएका छन्।

सरकारका मन्त्रीहरूले भने दसैंअघि सडक यातायात पूर्ववत् सञ्चालन गर्ने र बाढीपीडितका लागि अस्थायी ‘क्याप्सुल होम’ निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको राष्ट्रपतिलाई जानकारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ