बाढीले घर बगायो, पीडित परिवारलाई होटलमा आश्रय

गोरखा — चुमनुब्री गाउँपालिका–२ र ४ को सीमामा पर्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले पूर्ण रूपमा घरविहीन भएका चार परिवारलाई होटलमा राखिएको छ।

गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गरेको होटलमा पीडित परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको हो। प्रभावित परिवारलाई चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला र चिनीलगायत राहत सामग्री पनि उपलब्ध गराइएको छ।

आइतबार बिहान करिब ३:३० बजे आएको बाढीले चार घर, दुई पुल र एउटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीपछि मनास्लु पदमार्गसमेत तत्कालका लागि बन्द गरिएको छ। बगेका पुलको विकल्प तयार गरी पदमार्ग पुनः सञ्चालन गर्ने तयारी गाउँपालिकाले थालेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ