१२ वर्षपछि England टोलीमा फर्किए Kevin Pietersen

लन्डन — England का पूर्व स्टार ब्याटर Kevin Pietersen १२ वर्षपछि राष्ट्रिय टोलीको सेटअपमा फर्किएका छन्। उनलाई २०२७ ODI World Cup को तयारीका लागि England पुरुष white-ball टोलीको Specialist Mentor नियुक्त गरिएको छ।

Pietersen ले Brendon McCullum को coaching team सँग काम गर्दै विशेषगरी ब्याटरहरूलाई आफ्नो अनुभव बाँड्नेछन्। उनको पहिलो जिम्मेवारी यसै महिना हुने Sri Lanka विरुद्धको ODI र T20I सिरिजबाट सुरु हुनेछ।

Pietersen ले England का लागि तीनै फर्म्याटमा करिब १४ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। उनको England करियर सन् २०१४ मा विवादास्पद रूपमा अन्त्य भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ