“बेपत्ताको खोजीमा अब DNA को सहारा: आफन्तलाई नमुना दिन प्रहरीको अपिल”
काठमाडौं — बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचान तथा सनाखतलाई सहज बनाउन नेपाल प्रहरीले उनीहरूका नजिकका आफन्तलाई DNA नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
संकलित नमुनालाई पहिचान हुन नसकेका शव तथा मानव अवशेषको DNA सँग मिलान गरी वैज्ञानिक रूपमा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले बेपत्ता व्यक्तिका परिवारलाई सम्बन्धित नमुना संकलन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।
