नेपालको विपत्तिमा भारतको ठूलो सहयोग: ७ उडानबाट साढे ९५ टन राहत

राहतमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, सरसफाइ किट, सोलार बत्ती, औषधि, खाद्यान्न, जेनेरेटर र पानी तान्ने पम्प लगायतका अत्यावश्यक सामग्री छन्। खोज तथा उद्धारका लागि ६ टन विशेष उपकरण समेत ल्याइएको छ।

भारतले राहत सामग्रीसँगै चिकित्सा, फरेन्सिक तथा विशेष सुरुङ उद्धार टोली पनि नेपाल पठाएको छ। भारतीय प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग मिलेर प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ