काठमाडौं — नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
पछिल्ला दिनमा उच्च मूल्यमा कारोबार भइरहेको सुन एकैदिन उल्लेख्य रूपमा सस्तिए पछि सुनचाँदी बजारमा यसको चर्चा बढेको छ।