काठमाडौं — पछिल्लो विनाशकारी बाढीले बालबालिका र शैक्षिक क्षेत्रमा गम्भीर असर पारेको छ। प्रारम्भिक विवरणअनुसार करिब १७ हजार बालबालिका प्रभावित भएका छन् भने १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्।

बाढीले विद्यालय भवन तथा शैक्षिक पूर्वाधारमा क्षति पुर्‍याउँदा प्रभावित क्षेत्रका हजारौँ विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ। सुरक्षित बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षा निरन्तरता अहिले प्रमुख चुनौती बनेको छ।

सम्बन्धित निकायहरूले प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा राख्दै विद्यालय पुनर्निर्माण र पठनपाठन पुनः सञ्चालनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ