रसुवा बाढीमा पर्यटकको अवस्था अज्ञात: २९१ विदेशीसहित ३८४ जना सम्पर्कविहीन  

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि २९१ विदेशी र ९३ नेपाली गरी ३८४ पर्यटक तथा पदयात्री सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउन सुरक्षा निकाय, पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनले खोजी तथा उद्धार तीव्र पारेका छन्। बाढीले सडक तथा पुलमा क्षति पुर्‍याउँदा उद्धारमा कठिनाइ भइरहेको छ।

 सम्पर्कविहीन सबैको मृत्यु वा बाढीमा बेपत्ता भएको पुष्टि भएको छैन। उनीहरूको अवस्था प्रमाणीकरण भइरहेको छ।