आसिफ शेखको शतकमा मलेसियामाथि नेपालको शानदार जित
एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ। वर्षापछि पाएको २२८ रनको लक्ष्य नेपालले २८ ओभरमै पूरा गर्यो।
नेपालका आसिफ शेखले ८५ बलमै १६१ रनको विस्फोटक इनिङ खेल्दै १२ चौका र १२ छक्का प्रहार गरे। अर्जुन कुमालले अविजित ६१ रन बनाए भने दुवैले पहिलो विकेटका लागि २२० रनको साझेदारी गरे। बलिङतर्फ कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए।
