विपद्को घडीमा रास्वपा अगाडि: बाढीपीडितलाई ५० लाख रुपैयाँ
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन ५० लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ।
विपद्का कारण ठूलो जनधनको क्षति भएपछि पार्टीले पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम दिने जनाएको छ। पार्टीले आफ्ना नेता, कार्यकर्ता तथा सम्बन्धित संयन्त्रलाई समेत प्रभावित क्षेत्रमा राहत र सहयोगका काममा सक्रिय हुन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोज, उद्धार र राहत कार्य जारी रहेको छ। पीडितलाई तत्काल आवश्यक खाद्यान्न, खानेपानी, औषधि र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय छन्।
