बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्या, सयौँ उडान प्रभावित 

लन्डन : बेलायतको एयर ट्राफिक कन्ट्रोल प्रणालीमा सोमबार बिहान आएको प्राविधिक समस्याका कारण स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र उत्तरी इङ्ल्यान्डमा सयौँ उडान रद्द तथा ढिला भएका छन्। विमान उडान तथा अवतरणमा व्यापक असर परेको छ।

बेलायतको हवाई ट्राफिक सेवा प्रदायक NATS का अनुसार स्कटल्यान्डस्थित Prestwick नियन्त्रण केन्द्रको सिस्टम नेटवर्कमा कनेक्टिभिटी समस्या देखिएको थियो। सुरक्षाका लागि केही समय हवाई ट्राफिकमा प्रतिबन्ध लगाइएको थियो। प्राविधिक समस्या समाधान भइसके पनि त्यसको प्रभावका कारण उडान तालिका सामान्य हुन समय लाग्ने बताइएको छ।

Edinburgh, Glasgow, Manchester र Belfast लगायतका विमानस्थल बढी प्रभावित भएका छन्। उड्डयन विश्लेषण कम्पनी Cirium का अनुसार बेलायत आउने र जाने कम्तीमा २०० उडान रद्द भएका थिए।

NATS ले यो समस्या सेप्टेम्बर ८ मा भएको ठूलो सिस्टम खराबीसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्था सम्बन्धित एयरलाइन्ससँग जाँच गर्न आग्रह गरिएको छ।

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ