पीडितलाई राहत दिन कानुन बाधक बन्नु हुँदैन, तत्काल संशोधन गरौँ” — कांग्रेस सभापति थापा 

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपीडितलाई राहत, बीमा, पेन्सन तथा सम्पत्तिसम्बन्धी अधिकारबाट वञ्चित हुन नदिन तत्काल कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढी आएको तीन साता बितिसक्दा पनि आधिकारिक तथ्यांक स्पष्ट नहुँदा पीडित परिवार थप अन्योलमा परेको भन्दै थापाले बेपत्ताका परिवारलाई मृत्यु दर्ता, बैंक खाता तथा सम्पत्ति नामसारी, बीमा र राहत प्राप्तिमा कानुनी समस्या आउन सक्ने बताएका छन्।

उनले पीडितलाई वर्षौं अदालत धाउनुपर्ने अवस्था अन्त्य गर्न विपद्को विशेष परिस्थितिअनुसार तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। मृत घोषणा गरिएको व्यक्ति पछि जीवित फर्किए उसको पहिचान, सम्पत्ति र कानुनी अधिकार सुरक्षित हुने व्यवस्थासमेत स्पष्ट गर्नुपर्ने थापाको सुझाव छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ