नेपालको दुःखमा विश्वको साथ: भारतदेखि अमेरिकासम्म, विभिन्न देशबाट राहत र करोडौंको सहयोग 

काठमाडौं — भोटेकोशी बाढीपछि नेपाललाई विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट राहत र आर्थिक सहयोग जुटिरहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।

भारतले हालसम्म ७४ टन राहत तथा उद्धार सामग्री, चीनले ३० करोड रुपैयाँ र ५० टन सामग्री, यूएईले ८३ टन राहत सामग्री उपलब्ध गराएको जनाइएको छ। यूएईले थप १० मिलियन अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कतारले ४० टन राहत सामग्री दिएको छ।

अष्ट्रेलियाले १ मिलियन डलर, अमेरिकाले ५ लाख डलर, श्रीलंकाले १० लाख डलर, यूकेले ५ मिलियन पाउण्ड तथा युरोपेली संघले २ मिलियन युरो सहयोगको प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहका अनुसार विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा एसियाली विकास बैंकबाट ५ मिलियन डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता समेत आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ