हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु गर्‍यो

काठमाडौं — हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान सेप्टेम्बर २८ देखि पुनः सञ्चालन गर्ने भएको छ। सुरुमा सातामा दुईपटक सोमबार र शुक्रबार काठमाडौं–सांघाई उडान हुने कम्पनीले जनाएको छ।

सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार उडान हुनेछ। यात्रुको माग बढेमा भविष्यमा उडान संख्या थप्ने योजना रहेको एयरलाइन्सले जनाएको छ।

नेपालको मुख्य पर्यटन सिजन सुरु हुँदै गर्दा पुनः सञ्चालन हुन लागेको यो सेवाले नेपाल–चीनबीच पर्यटन, व्यापार तथा यात्रु आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर: Ujwal977 / Wikimedia Commons — CC BY-SA 4.0