सिमरा चोकमा झोलाभित्र भेटियो झण्डै ३ किलो अफिम, दम्पती पक्राउ

सिमरा : बाराको सिमरा चोकमा झण्डै तीन किलो अवैध लागूऔषध अफिमसहित एक दम्पती पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले पैदल हिँडिरहेका रौतहट चन्द्रपुर–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले बोकेको झोला जाँच गर्दा २ किलो ९७० ग्राम अफिम बरामद भएको थियो। अफिम ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ