नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी : पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस सडकबाट नालातर्फ खसेको थियो। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल तथा थप उपचारका लागि भरतपुरतर्फका अस्पतालमा पठाइएको छ।

दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणमा बसको ब्रेकमा समस्या आएको बताइएको भए पनि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

शनिबार बिहानै भएको दुर्घटनापछि दाउन्ने क्षेत्रमा प्रहरी तथा उद्धार टोली परिचालन गरिएको थियो। घटनाबारे थप विवरण आउने क्रम जारी छ।

फाइल तस्बिर: AusAID / Wikimedia Commons — CC BY 2.0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ