किसान सूचीकरणमा ठूलो छलाङ, एकै वर्ष थपिए करिब ३ लाख किसान 

काठमाडौं : किसान सूचीकरण अभियानले पछिल्लो समय गति लिँदा करिब तीन लाख नयाँ किसान प्रणालीमा थपिएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार हालसम्म देशभर २६ लाख ७९ हजार किसान सूचीकृत भइसकेका छन्।

मन्त्री गिता चौधरीले किसान सूचीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएपछि मन्त्रालयले मातहतका कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रमका लाभग्राहीको सूचीकरण नम्बर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ।

सरकारले अनुदान, मल वितरण तथा अन्य कृषि सेवा–सुविधा वास्तविक किसानसम्म पुर्‍याउन सूचीकरण प्रणालीलाई प्राथमिकता दिएको जनाएको छ। यसबाट किसानको पहिचान सुनिश्चित गर्नुका साथै कृषि योजना निर्माणमा तथ्याङ्कको प्रयोग र सेवा वितरणमा पारदर्शिता बढ्ने मन्त्रालयको अपेक्षा छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ