आकाशमै विमान दुर्घटना गराउने प्रयास? पाइलटमाथि चक्कु प्रहारको घटना सार्वजनिक 

काठमाडौं : दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा सह-पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गरी विमानको नियन्त्रण लिन खोजेको गम्भीर घटना सार्वजनिक भएको छ।

१८० यात्रु सवार विमान ३४ हजार फिटको उचाइबाट केही मिनेटमै १६ हजार ६ सय फिटसम्म झरेको बताइएको छ। विमानमा रहेका यात्रु र अफ-ड्युटी पाइलटहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि सम्भावित दुर्घटना टरेको दाबी गरिएको छ।

घटनापछि विमानलाई साउदी अरेबियाको ताबुकमा आकस्मिक अवतरण गराइएको बताइएको छ। घटनाको उद्देश्य र परिस्थितिबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।