FlyDubai घटनामा नयाँ खुलासा

दुबई : दुबईबाट तेल अभिभतर्फ उडेको FlyDubai को उडान FZ1073 मा भएको गम्भीर घटनाबारे नयाँ विवरण सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्स (UAE) का अभियोजकका अनुसार सह–पाइलटले ककपिटमा राखिएको आपतकालीन ‘क्र्यास एक्स’ प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गर्दै विमानको नियन्त्रण लिन खोजेका थिए। UAE अधिकारीहरूले घटनालाई ‘आतंकवादी कार्यको प्रयास’ भनेका छन्।

सेप्टेम्बर ३० मा भएको उक्त घटनाका क्रममा विमान अचानक हजारौँ फिट तल झरेको थियो। घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु तथा विमानमा यात्रा गरिरहेका अतिरिक्त चालकदलका सदस्यहरूले हस्तक्षेप गरेका थिए। त्यसपछि विमानलाई नियन्त्रणमा ल्याएर साउदी अरबको तबुकमा आपतकालीन अवतरण गरिएको थियो।

Photo: Bahnfrend / Wikimedia Commons — CC BY-SA 4.0.