आज रातिदेखि मौसम सक्रिय, पहाडमा भारी वर्षा र तराईमा चट्याङको सम्भावना 

काठमाडौं : शनिबार रातिदेखि देशका विभिन्न भागमा मौसम थप सक्रिय हुने देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनीका तराई क्षेत्रसहित अन्य तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ।

आइतबार वर्षाको क्षेत्र थप फैलिने पूर्वानुमान छ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुँदा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा र चट्याङको सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दाले मौसमको अवस्थाबारे अद्यावधिक जानकारीमा ध्यान दिनु उपयुक्त हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ