“बाढीपछि हैजाको जोखिम : रसुवा–नुवाकोटमा ५९ हजारभन्दा बढीलाई खोप” 

काठमाडौं : बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम बढेपछि रसुवा र नुवाकोटमा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। पछिल्लो विवरणअनुसार दुवै जिल्लामा गरी ५९ हजार ७३२ जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप (ओसीभी) लगाएका छन्।

रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनालाई खोप दिइएको छ। बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएपछि संक्रमणको जोखिम कम गर्न स्वास्थ्य निकायले खोप अभियानलाई प्राथमिकता दिएको हो।

दुर्गम तथा सडक अवरुद्ध भएका क्षेत्रमा खोप पुर्‍याउन वैकल्पिक माध्यम समेत प्रयोग गरिएको छ। प्रभावित क्षेत्रमा खोपसँगै सुरक्षित खानेपानी, सरसफाइ र पानीजन्य रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउने काम पनि भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ