ग्यास अभावको मारमा होटल–रेस्टुरेन्ट, मेनु घट्यो, चिया पकाउनसमेत समस्या
काठमाडौं : काठमाडौं उपत्यकामा ग्यास अभावको असर होटल, रेस्टुरेन्ट र चिया पसलमा देखिन थालेको छ। ग्यास बढी खपत हुने परिकार मेनुबाट हटाउन थालिएको छ भने कतिपय पसलमा ग्राहकले रोजेको चियासमेत पाउन छाडेका छन्।
ग्यास अभावका कारण तन्दुरी, फ्राई आइटम, स्टिम मःम र सिजलरजस्ता परिकार कटौती गरिएको व्यवसायीहरूले बताएका छन्। केही व्यवसायीले विद्युतीय उपकरण र दाउराको सहारा लिन थालेका छन्।
व्यवसायीहरूका अनुसार मेनु घट्दा बिक्री र आम्दानी प्रभावित भए पनि घरभाडा, कर्मचारीको तलब, बिजुली र पानीलगायत नियमित खर्च भने यथावत् छन्। पछिल्लो समय ग्यास आपूर्ति केही सहज हुँदै गएको होटल संघका अध्यक्ष विनायक शाहले बताएका छन्।
