मेसीले पूरा गरे इन्टर मियामीमा १०० गोल, टोली बन्यो च्याम्पियन 

मियामी : अर्जेन्टिनी स्टार लियोनल मेसीले इन्टर मियामीका लागि आफ्नो १००औँ गोल पूरा गरेका छन्। मेसीले ऐतिहासिक उपलब्धि हासिल गरेको खेलमा इन्टर मियामीले Campeones Cup को उपाधिसमेत जितेको छ।

इन्टर मियामीले मेक्सिकोको क्रुज अजुललाई २–० ले पराजित गर्दै उपाधि हात पारेको हो। टोलीको जितमा मेसीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै क्लबका लागि गोलको शतक पूरा गरे।

सन् २०२३ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर इन्टर मियामी पुगेका मेसीले अमेरिकी क्लबमा छोटो समयमै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। गोलसँगै उनले टोलीको आक्रमणमा असिस्ट र खेल निर्माणमार्फत पनि प्रभाव पार्दै आएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ