कोसोभोका पूर्वराष्ट्रपति हाशिम थाचीलाई २५ वर्ष जेल 

द हेग : कोसोभोका पूर्वराष्ट्रपति हाशिम थाचीलाई युद्ध अपराधमा दोषी ठहर गर्दै नेदरल्यान्ड्सको द हेगस्थित कोसोभो स्पेसलिस्ट चेम्बर्सले २५ वर्षको जेल सजाय सुनाएको छ।

सन् १९९८–९९ को कोसोभो युद्धसँग सम्बन्धित हत्या, यातना, क्रूर व्यवहार तथा गैरकानुनी हिरासतका घटनामा अदालतले थाचीसहित चार पूर्व कोसोभो लिबरेसन आर्मी (KLA) नेतालाई दोषी ठहर गरेको हो। अदालतका अनुसार उनीहरू ३८५ जनालाई गैरकानुनी रूपमा हिरासतमा राख्ने, ३०३ जनालाई यातना दिने र ९६ जनाको हत्यासँग सम्बन्धित युद्ध अपराधमा जिम्मेवार ठहरिएका छन्।

तर अदालतले मानवताविरुद्धका ६ आरोपमा भने अभियोजन पक्षले आवश्यक प्रमाण पुर्‍याउन नसकेको भन्दै उनीहरूलाई सफाइ दिएको छ। थाचीले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् र फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ