नेपाली किकबक्सर अबिरल घिमिरे फेरि विश्व च्याम्पियन
नेपाली किकबक्सर अबिरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा भएको HEAT Kickboxing 59 मा फ्रान्सका म्याथन चोइनार्डलाई दोस्रो राउन्डमै नकआउट गर्दै विश्व उपाधि जितेका छन्।
जापानको कारिया हलमा भएको भिडन्तमा घिमिरेले दोस्रो राउन्डमा नकआउट जित निकाल्दै आफ्नो अन्तर्राष्ट्रिय सफलता थप बलियो बनाएका हुन्।
यो जितसँगै घिमिरेको नाम नेपाली किकबक्सिङमा अन्तर्राष्ट्रिय स्तरमा फेरि चर्चामा आएको छ। उपलब्ध रिपोर्टअनुसार उनले २१ जित दर्ता गरेका छन्, जसमध्ये २० जित नकआउटमार्फत आएका छन्
