ठमेलमा शान्ति भंग गरेको आरोपमा ३५ जनाविरुद्ध मुद्दा 

काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा तथा शान्ति भंग गरेको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीले उनीहरूमाथि पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने, अभद्र व्यवहार गर्ने तथा लागुऔषध र यौनजन्य गतिविधितर्फ दुरुत्साहन गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ।

प्रहरीले विशेष निगरानीका क्रममा ठमेल क्षेत्रबाट ५९ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि तीमध्ये १३ पुरुष र २२ महिला गरी ३५ जनाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही रात्रिकालीन व्यवसायमा बिचौलियाको भूमिका खेल्ने, झैँझगडा गर्ने तथा सार्वजनिक मर्यादा र शान्ति भंग हुने गतिविधिमा संलग्न रहेको पाइएको छ।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ